हनुमानढोका दसैंघरमा राखियो जमरा


२०८० असोज २८ आइतबार १३:३४ बजे

काठमाडौं । बडादशैकोको पहिलो दिन आज घर घरमा जमरा राखी नवदुर्गा भवानीको स्थापना गरेका छन् । घटस्थापनाको दिन काठमाडौंको हनुमानढोकास्थित दसैँघरमा विधिवतरूपमा जमरा राखिएको छ ।

बिहान ११ बजेर २९ मिनेटको साइतमा शुभसाइतमा हनुमानढोका दरबारका पुजारीले जमरा राखेका हुन् । सो क्रममा नेपाली सेनाको ब्याण्ड बाजाटोलीले मंगल धुन बजाएको छ । सँगै बन्दुक पड्काएर बढाइँ गरि खशैको सुभारम्भ गरेको छ ।

हनुमानढोकाको दसैँघरमा नवरात्रभर विधिपूर्वक पूजा आराधना गरिनुका साथै मंगल धुन पनि गाइन्छ । दसैँघरमा घटस्थापनापछि दैनिक बलि दिई विधिपूर्वक पूजा आराधना गरिन्छ । यस वर्ष पनि महानवमीका दिन हनुमानढोकाको कोतमा ५४ बोका र ५४ राँगासहितको बलि दिइन्छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७