जोकोभिचले जिते यूएस ओपन, सर्वाधिक एकल ग्रान्डस्लाम जित्ने विश्व कीर्तिमान बराबरी


२०८० भदौ २५ सोमबार २३:२५ बजे

न्युयोर्क । सर्बियन स्टार नोभाक जोकोभिचले वर्षको चौथो तथा अन्तिम ग्रान्डस्लाम यूएस ओपन जित्दै सर्वाधिक एकल ग्रान्डस्लाम जित्ने विश्व कीर्तिमान बराबरी गरेका छन् ।

जोकोभिचले मार्गरेट कोर्टको नाममा रहेको २४ एकल ग्रान्डस्लामको कीर्तिमान बराबरी गरेका हुन् । कोर्टले सन् १९७३ मा आफ्नो एकल ग्रान्डस्लाम उपाधि संख्या २४ पुर्‍याएकी थिइन् ।

त्यसयता उनलाई कसैले पनि भेट्न सकेको थिएन । जोकोभिचले ड्यानिल मेदभेदेभमाथि सोझो सेटमा जित हात पारे । यो खेलमा ६–३,७–६ र ६–३ को सेटमा उनी विजयी भएका हुन् । जोकोभिचले यो वर्षका चारमध्ये तीन ग्रान्डस्लाम जितेका छन् भने विम्बल्डनको फाइनलमा पुगेर पराजित भएका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७