निजामती सेवासम्बन्धी विधेयकमा ट्रेड युनियन अधिकार कटौती गरिएको छैन : प्रधानमन्त्री


११:५० बजे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय निजामती सेवासम्बन्धी विधेयकमा ट्रेड युनियन अधिकार कटौती नगरिएको स्पष्ट पारेका छन् । २० औ निजामती सेवा दिवसका अवसरमा शुक्रबार सिंहदरबारमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

ट्रेड युनियन अधिकार कटौती भयो भन्ने प्रश्न उठाइएको भन्दै उनले भइरहेको व्यवस्थामा विधेयकमा केही पनि परिवर्तन नगरिएकाले ढुक्क हुन आग्रह गरे । उनले अहिलेको राजनीतिक परिवर्तन र संविधानको व्यवस्थाअनुरूप नै निजामती प्रशासनमा गुणात्मक परिवर्तन आवश्यक रहेको औँल्याए । लामो समयदेखि प्रतीक्षारत संघीय निजामती सेवासम्बन्धी विधेयक बिहीबारको मन्त्रिपरिषद्को बैठकबाट संसद्मा पठाउने निर्णय गरिएको उनले जानकारी गराएका छन् ।

‘अहिलेको राजनीतिक परिवर्तन र संविधानको व्यवस्थाअनुरूप नै निजामती प्रशासनमा गुणात्मक परिवर्तन आवश्यक छ । यसका लागि संघीय लोकतान्त्रिक गणतन्त्रप्रति पूर्ण रूपमा प्रतिबद्ध, राजनीतिक रूपमा तटस्थ, पेसागत रूपमा दक्ष, सुदृढ, उच्च मनोबलयुक्त सेवामूलक, उत्तरदायी, व्यावसायिक निजामती प्रशासनको विकासका लागि नीतिगत कानुनी, संस्थागत संरचनागत र व्यावहारिक प्रबन्ध गर्नुपर्नेछ ।’

उनले भने, ‘उल्लेखित तथ्यलाई ध्यान दिँदै लामो समयदेखि प्रतीक्षारत संघीय निजामती सेवासम्बन्धी विधेयक हिजो मात्रै नेपाल सरकार मन्त्रिपरिषद् बैठकले संसद्मा पठाउने निर्णय गरेको छ । राजनीतिक दलहरूको सहमतिबाट संसद्ले उक्त विधेयक यथाशक्य छिटो पारित गर्ने विश्वास लिएको छु । ट्रेड युनियन अधिकारको कुरा उठ्यो, हामीले भइरहेको व्यवस्थालाई केही पनि परिवर्तन गरेका छैनौँ, यसमा ढुक्क हुनुस् ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७