१० बर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने समझदारी भारतीय मन्त्रिपरिषदबाट स्वीकृत


१६:४९ बजे

काठमाडौं । नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने समहझदारी भारतको मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।
भारतका लागि नेपाली राजदूत शंकर शर्माले हालै बसेको भारतीय मन्त्रिपरिषदको बैठकले उक्त प्रस्ताव स्वीकृत गरेको जानकारी दिएका छन् । भारतीय मन्त्रिपरिषद्को निर्णयसँगै अब नेपालबाट बिजुली ल्याउने विषयमा थप अध्ययन र गृहकार्य हुने उनले बताए ।

भारतीय मन्त्रिपरिषदको निर्णयसँगै अब नेपालमा थप बिजुली उत्पादन गर्ने, प्रोजेक्टहरू कसरी बनाउने भन्नेबारे अध्ययन अघि बढ्ने उनले बताए । नेपालले अहिले बर्खामा भारतीय बजारमा बिजुली बेचिरहेको छ भने हिउँदो समयमा भारतबाट बिजुली किनिरहेको छ ।

गत जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने लक्ष्य राखिएको बताएका थिए । दुबै प्रधानमन्त्रीको उपस्थितिमा फुकोट कर्णाली र तल्लो अरूण निर्माणका लागि एमओयू भएको थियो भने गोरखपुर–भैरहवा ४०० केभी प्रसारण लाइनको शुभारम्भ गरिएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७