विहान उठेर ढोका खोल्ने क्रममा करेन्ट लाग्दा ८४ वर्षीया वृद्धाको मृत्यु


२०८० भदौ २ शनिबार २०:३४ बजे

तेह्रथुम । तेह्रथुममा करेन्ट लागेर एक वृद्धाको ज्यान गएको छ । शनिबार बिहान म्याङलुङ नगरपालिका–३ नागदहमा करेन्ट लाग्दा स्थानीय ८४ वर्षीया बाटुलीदेवी विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी नायब उपरीक्षक राजन चापागाईंका अनुसार बिहान उठेर घरको मूलढोका खोल्ने क्रममा वृद्धालाई करेन्ट लागेको थियो । करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७