मुटुमा समस्या देखिएपछि कानुनमन्त्री गुरुङ अस्पताल भर्ना
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ आज (बिहीबार) दिउँसो अस्पताल भर्ना भएका छन् ।
उच्च रक्तचापका कारण मुटुमा समस्या देखिएपछि उनी महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् ।
स्वास्थ्यमा समस्या देखिएपछि मन्त्री गुरुङलाई अस्पताल भर्ना गरिएको उनका स्वकीय सचिव प्रेम केसीले जानकारी दिए ।
मन्त्रीलाई उच्च रक्तचापको समस्या देखिएको र मुटुको धड्कनमा पनि समस्या भएकाले अस्पताल भर्ना गरिएको केसीले जानकारी दिएका छन् ।