संसद खुलाउन प्रधानमन्त्रीको पहल : बालुवाटारमा तीन दलको बैठक (तस्वीरहरु)


०४:२३ बजे

काठमाडौँ । शीर्ष तीन दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ । संसद् सुचारू गर्नका लागि प्रधानमन्त्री निवास बालुवाटार तीन दलको बैठक सुरू भएको हो । अवरुद्ध संसद् बैठक सञ्चालन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निरन्तर पहल गरिरहेका छन् ।

यस क्रममा अहिले पनि प्रधानमन्त्री निवास बालुवाटार तीन दलको बैठक बसिरहेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका प्रमुख सचेतकहरू उपस्थित छन् । सुनकाण्ड अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति बनाउन माग गर्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेले हरेक प्रतिनिधि सभा बैठकमा अवरोध गरिरहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७