महिला विश्वकप फुटवल : आज समूह चरणको अन्तिम दुई खेल हुँदै
काठमाडौँ । फिफा महिला विश्वकप फुटबल अन्तर्गत आज (बिहीबार) समूह चरणका अन्तिम खेल हुँदैछन् । अस्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रुपमा भइरहेको महिला विश्वकपमा आज समूह चरणको अन्तिम दुई खेल हुँदैछन् ।
आज हुने समूह ‘एच’ को खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे हुनेछ । यो समूहमा रहेका दक्षिण कोरिया र जर्मनी तथा मोरक्को र कोलम्बिया खेल्दै छन् । कोलम्बिया ६ अङ्कका साथ शीर्ष स्थानमा छ ।
जर्मनी र मोरक्को ३–३ अङ्कसहित दोस्रो र तेस्रो स्थानमा छन् । दक्षिण कोरियाले अङ्क जोड्न सकेको छैन । हिजो भएका खेलमा स्विडेन, दक्षिण अफ्रिका र फ्रान्स विजयी भएका छन् । ब्राजिल र जमैकाले गोलरहित बराबरी खेलेपछि ब्राजिल समूह चरणबाटै बाहिरिएको छ ।
त्यस्तै, स्विडेनसँग पराजित अर्जेन्टिना पनि विश्वकपबाट बाहिरिएको छ । ३२ देश सहभागी महिला विश्वकप आउँदो अगस्ट २० तारिखसम्म चल्ने छ ।
.gif)

.png)

