बिपीको साहित्यलाई गाउँ–गाउँसम्म पुर्‍याउनु पर्छ : अर्थमन्त्री डा. महत


२०८० श्रावण ६ शनिबार ११:३० बजे

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले जननायक विश्वेश्वरप्रसाद कोइरालाको साहित्यलाई गाउँगाउँसम्म पुर्‍याउनु पर्ने बताएका छन् ।

बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस क्षेत्र नं ५ ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले पार्टीले बिपी कोइरालाको साहित्य क्षेत्रलाई छपाएर गाउँगाउँसम्म पुर्‍याउनुपर्ने उल्लेख गरे । ‘थोरै साक्षरतादर भएको समयमा बिपी कोइरालाले साहित्य सिर्जना गर्नुभएको थियो, त्यसलाई छपाएर गाउँगाउँमा लैजान सके युवा पुस्ताले बिपीको साहित्यबाट प्रेरणा लिन सक्थे’, उनले भने ।

अर्थमन्त्री डा. महतले पार्टीभित्र एक अर्काप्रति गालीगलौजको संस्कार विकशित भएको उल्लेख गर्दै उक्त संस्कारले पार्टी अगाडि बढ्न नसक्ने धारणा राखे । पार्टी प्रवक्ता डा. महतले कांग्रेसले गरेका राम्रा कामलाई आमजनतासम्म पु¥याउन नसकेको बताए । ‘प्रजातान्त्रिक समाजवादको लक्ष्य लिएर अगाडि बढ्नु भएका बिपी लोकतान्त्रिक मूल्य मान्यताका आधारमा समतामूलक समाज निर्माण हुने कल्पनाका साथ अगाडि बढ्नु भएको थियो’, उनले भने ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७