दुई अर्ब लगानीमा खुल्यो टायल उद्योग


२०८० असार १४ बिहीबार १८:३० बजे

काठमाडौं । घर तथा आवासलाई सुन्दर बनाउन हामीले प्रयोग गरेको टायलबाट वार्षिक कति रकम मुलुकबाट बाहिर जान्छ भन्ने अनुमान गर्नुभएको छ ? बढ्दो शहरीकरणका कारण परम्परागत तवरले घर निर्माण गर्ने क्रम पनि क्रमशः घट्दै गएको छ ।

शहरीकरणका कारण मानिसका आवश्यकता र चाहनामा परिवर्तन भएका छन् । सोही कारण नेपालबाट वार्षिक रु १५ अर्ब बराबरको रकम टायल खरिदका लागि विदेशिने गरेको भन्सार विभागको तथ्याङ्क छ । यही यर्थाथतालाई मध्यनजर गर्दै नेपाली उद्योगी व्यवसायीले नै देशभित्र अन्तर्राष्ट्रिय गुणस्तरको टायल उत्पादन शुरु गरेका छन् । सरकारले लिएको औद्योगिककरणको नीति तथा हरेक क्षेत्रमा आत्मनिर्भर बन्ने उद्देश्यलाई सफल बनाउन प्राइम सेरामिक्सले ‘प्राइम टायल’ को उत्पादन सुरु गरेको हो ।

लामो समयदेखि नेपालमा टायल तथा सोही प्रकृतिका सामान आयात गरेर व्यापार गर्दै आएका व्यवसायीहरु आशीष गर्ग, प्रशान्त अग्रवाललगायतले मधेस प्रदेशको रौतटहमा प्राइम सेरामिक्स उद्योग स्थापना गरेका हुन् । कूल रु दुई अर्ब लगानीमा स्थापना गरिएको उद्योगले हाल तीन सयलाई रोजगारी समेत दिएको प्राइम सेरामिक्सका अध्यक्ष गर्गले जानकारी दिए । ‘अब टे«डर्स होइन, उद्योगी बन्नुपर्छ भन्ने सोचका साथ उद्योग स्थापना गरेका हौँ । यसमा सरकारको नीतिले पनि साथ दिएको छ’, उनले भने, ‘सानो मात्रामा भए पनि देशभित्रै रोजगारी सिर्जना गर्ने र विदेशी मुद्रा स्वदेशमा नै राख्ने उद्देश्य राखिएको छ ।’

नेपालमा हाल अधिकांश टायल भारतबाट आयात हुने गरेको छ । नेपाली कला, संस्कृतिअनुसारको टायल बनाइने भएकाले आफूहरुको उत्पादनले बजार विस्तारका साथै राष्ट्रिय मर्मलाई समेत सम्बोधन गर्ने उद्योगका प्रबन्ध निर्देशक अग्रवालले जानकारी दिए । नेपालीको सुन्दर घरको सपनालाई साकार पार्ने तथा नेपाली उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्य राखिएको जानकारी दिँदै उनले प्राइम सेरामिक्स उद्योगको दैनिक डेढ लाख वर्ग फिट टायल उत्पादनको क्षमता राखे ।

नेपाली माटो, नेपाली सिमेन्टलगायत झण्डै ५० प्रतिशत कच्चा पदार्थ समेत आन्तरिक नै प्रयोग हुने भएकाले विदेशी टायलभन्दा सस्तो पर्ने समेत प्रबन्ध निर्देशक अग्रवालको भनाइ छ । रौतटहको बृन्दावन नगरपालिका–६ मा १० विघा क्षेत्रफलमा स्थापित उद्योग स्थापना गर्नुको पछाडि दुई दशकदेखि नै टायल व्यापारको अनुभवले पनि काम गरेको उनण्को भनाइ छ ।

उद्योगले टायलको आयात प्रतिस्थापन गर्ने, विदेशी मुद्रा बाहिरनबाट रोक्ने, रोजगारीको सिर्जना गर्ने उद्देश्य लिएको अध्यक्ष गर्गको भनाइ छ । उर्जा उद्यमी समेत रहेका गर्गले आन्तरिक रुपमा उत्पादन बढाउने सरकारको नीति भएपनि व्यवसायीलाई थप सहजीकरण गरिदिन सरकारसँग माग गरे ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७