कृष्ण पहाडीलगायतका अधिकारकर्मीको प्रदर्शनमा प्रहरीको धरपकड (तस्वीरहरु)


२०८० जेठ ३२ बिहीबार १३:४८ बजे

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका अधिकारकर्मीमाथि प्रहरीले धरपकड गरेको छ ।

शरणार्थी प्रकरणमा संलग्न शीर्ष नेताहरुसहित मूल दोषीलाई कारबाहीको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले संसद् भवन अगाडि नयाँ बानेश्वरमा प्रदर्शन गरेका थिए । निषेधित क्षेत्रमा आएर नाराबाजी गरेको भन्दै प्रहरीले समाजका पूर्व सभापति कृष्ण पहाडीसहितका नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको हो ।

उनीहरुले सार्वभौम संसद्ले भ्रष्ट नेतालाई कारबाही गरोस, सार्वभौम संसद् भ्रष्टाचारीको संरक्षण गर्ने थलो नबनोस, नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न शीर्ष नेतासहित मूल दोषीहरुलाई कारबाही माग गरेका थिए । मानव अधिकार तथा शान्ति समाजको आयोजनामा भएको उक्त कार्यक्रमबाट पक्राउ परेकाहरुलाई बानेश्वर बृत्तमा राखिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७