सुक्खा पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्ड बन्द


२०८० बैशाख २२ शुक्रबार ०९:०७ बजे

काठमाडौँ । सुक्खा पहिरोका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्ड बन्द भएको छ । राजमार्ग अन्तर्गत गौडेपुल र चर्चरेको बीच कालीमाटी क्षेत्रमा पहिरो खसेको तिनाउ गाउँपालिका–३, का वडासदस्य टंक बस्यालले जानकारी दिएका छन् ।

बिहान साढे ५ बजेतिर खसेको पहिरोका कारण गाडीको आवतजावत ठप्प भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक एसपी हेरम्ब शर्माले जानकारी दिए । उनका अनुसार सडक खुलाउने प्रयास भइरहेको छ । सडक बन्द हुँदा पाल्पा–बुटवल आवतजावत गर्ने गाडी र यात्रु रोकिएका छन् ।

सडक डिभिजन कार्यालयले घुम्ती सुधार गरेको स्थानमा ठूलो पहिरो खसेको हो । स्थानीय बासिन्दाका अनुसार यही स्थानमा गत वर्ष पनि ठूलो पहिरो खसेको थियो । टेवा पर्खाल, ग्याभिन वाल नलगाएकाले पुनः खसेको हुन सक्ने स्थानीयले बताए । सडकमा पहिरो खसेपछि राजमार्गको सुनौलीदेखि पोखरा हुँदै मुस्ताङसम्म चल्ने सवारी साधन अवरुद्ध भएका छन् ।

यस्तै, काठमाण्डौसँग मुख्य नाका जोडिएको धादिङ धार्केमा एकतर्फी मात्र गाडी चलिरहेको छ । सडक दुईतर्फी खुलाउने प्रयास भइरहेको छ । गएको सोमवार दिउँसो धुनिबेसी नगरपालिका–६ र थाँक्रे गाउँपालिका–८ को सीमाना जोड्ने गणेश पुलमा सडक भासिएपछि गाडीको आवागमन प्रभावित भएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७