कल्याणपुरका मेयर एक लाख घुससहित पक्राउ


२०८२ असार ३२ बुधबार १५:१५ बजे

सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाका नगर प्रमुख रामपुकार साह एक लाख घुस रकमसहित पक्राउ परेका छन् । कल्याणपुरस्थित पालिकाको कार्यालयबाटै नगर प्रमुख साहलाई घुस रकमसहित अख्तियारको टोलीले पक्राउ गरेको हो ।

आज दिउँसो एक उपभोक्ता समितिलाई भुक्तानी गर्न घुस लिए लगत्तै नगर प्रमुख साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलिले पक्राउ गरेको एक कर्मचारीले जानकारी दिए । अहिले अख्तियारको टोलीले नगर कार्यपालिकाको कार्यालयमै राखेर नगर प्रमुख साहलाई सोधपुछ गरिरहेको छ । कानूनी प्रक्रिया (मुचुल्का) तयार पारेर थप अनुसन्धान तथा कारबाहीका लागि अख्तियारको कार्यालय बर्दिबास लगिने बुझिएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७