भीम रावलसँग संवाद गर्न एमालेले बनायो विष्णु पौडेल नेतृत्वमा वार्ता समिति


०४:५२ बजे

काठमाडौं : पूर्व उपाध्यक्ष भीम रावललाई पार्टी काममा फर्काउन नेकपा (एमाले)ले वार्ता टोली बनाएको छ । शनिबार ललितपुरको च्यासलमा बसेको केन्द्रीय सचिवालयको बैठकले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको ‌संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली बनाएको हो।

पार्टीको मिसन ग्रासरुट अभियानको सुदूरपश्चिम कमाण्डर रहेका उपाध्यक्ष पौडेल नेतृत्वसँगै वार्ता टोलीमा सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्ट र कर्ण छन् ।

वार्ता टोलीले रावलसँग संवाद गर्ने र एउटा सहमतिमा पुगेर आवश्यक जिम्मेवारी दिने निर्णय भएको पनि पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।

पूर्व उपाध्यक्ष रावल दशौं महाधिवेशनपछि पार्टीको विधि विधानबाहिर रहेर पार्टीको गतिविधिमा समेत संलग्न नरहेकाले संवाद गर्न पौडेल नेतृत्वको टोलीलाई जिम्मा दिइएको गुरुङको भनाई छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७