प्रधानमन्त्रीलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय


२०७९ चैत ५ आइतबार ०३:५४ बजे

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टी नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदमा विश्वासको दिने निर्णय गरेको छ ।

पार्टी कार्यालयमा आज बसेको केन्द्रीय सचिवालयको बैठकले सो निर्णय गरेको पार्टीका महासचिव बेदुराम भुसालले बताए । एमाले र राप्रपाले सरकारबाट समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले भाली संसदमा विश्वासको मत लिँदैछन् ।

हिजो बसेको १० दलीय गठबन्धनले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने सहमति गरेको थियो । आज काँग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७