काठमाडौं महानगरमा साइकल र ठेलागाडामा व्यापार गर्न प्रतिबन्ध (सूचना)


२०७९ पौष २६ मंगलबार १६:४३ बजे

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र साइकल र ठेलागाडामा व्यापार गर्न प्रतिबन्ध लगाएको छ ।
आज (मंगलबार) एक सूचना जारी गर्दै महानगरपालिकाले ठेलागाडा वा साइकलमा सामान राखेर व्यापार व्यवसाय गर्न रोक लगाएको हो ।

‘काठमाडौं महानगरपालिका क्षेत्रभित्रका सडकपेटी (फुटपाथ) वा अन्य सार्वजनिक स्थलमा जुनसुकै तरिकाले व्यापार व्यवसाय गरेमा वा फुटपाथलाई अनधिकृत रूपमा प्रयोग वा कब्जा गरेमा त्यस्तो मालसामान, अनुचित प्रयोग वा व्यापार प्रयोजनार्थ राखिएको अन्य संरचना, अन्य सामग्री वा मालसामान जफत गरिनेछ’, महानगरले जारी गरेको सूचनामा भनिएको छ ।
हेर्नुस् सूचना

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७