विश्व विजेता अर्जेन्टिनाले पायो चार करोड २० लाख अमेरिकी डलर


२०७९ पौष ४ सोमबार ०३:२८ बजे

काठमाडौं । विश्वकप उपाधि जितेको अर्जेन्टिनाले चार करोड २० लाख अमेरिकी डलर पाउने भएको छ । उपविजेतामा खुम्चिएको फ्रान्सले तीन करोड डलर पुरस्कार पाउने छ । सन् २०१८ मा विजेता बनेको फ्रान्सले तीन करोड ८० लाख अमेरिकी डलर पुरस्कार रकम पाएको थियो ।

विश्व फुटबल महासंघ फिफाका अनुसार यो विश्वकपमा सहभागी हरेक फुटबल टोलीले ९० लाख डलर पाउने छन् । त्यस बाहेक प्रतियोगिता तयारीका लागि सबै टोलीले १५ लाख डलर पाएका थिए ।

यो विश्वकपमा तेस्रो भएको क्रोएसियाले दुई करोड ७० लाख पुरस्कार रकम पाएको छ भने क्रोएसियासँग हारेको मोरक्कोले पनि दुई करोड ५० लाख डलर पाएको छ । गत वर्ष फिफाले साढे सात अर्ब डलर आम्दानी गरेको थियो । फिफाले प्रत्यक्ष प्रसारण, प्रायोजन, टिकट र आतिथ्य बिक्रीबाट आम्दानी गर्ने गर्छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७