ओलम्पियन रुडिसा चढेको विमान दुर्घटना


२०७९ मङ्सिर २७ मंगलबार १४:१४ बजे

नैरोबी । ओलम्पिका गोल्ड मेडलिस्ट डेभिड रुडिसा चढेको विमान दुर्घटनामा परेको छ । दुई पटकका ८०० मिटरका स्वर्ण पदक विजेता रुडिसा र थप पाँच जना बोकेको विमान दुर्घटनामा परेको हो ।

‘यो डरलाग्दो क्षण थियो,’ ३३ वर्षीय रुडिसाले भनेका छन्, ‘सात–आठ मिनेटसम्म सबै ठीक थियो। तर, त्यसपछि विमानको इन्जिन आफैँ बन्द भयो ।’ विमानका पाइलटले विमानलाई तुरुन्ते खुला स्थानमा अवतरण गर्न खोजेका थिए । तर, एउटा पंखा रुखमा ठोकिएपछि विमान घुमेर उत्तानो परेर बजारिएको उनले बताएका छन् ।

विमानमा सवार सबै यात्रुको ज्यान बचाउन पाइलटले हरसम्भव प्रयास गरेको रुडिसाले बताएका छन् । रुडिसाले लन्डन ओलम्पिक २०१२ र रियो ओलम्पिक २९१६ मा स्वर्ण पदक जितेका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७