बासिंलोनाले बनायो नयाँ कीर्तिमान


२०७५ बैशाख २ आइतबार १४:४१ बजे
काठमाडौं, २ बैसाख : बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा ३९ खेलसम्म अपराजित हुने कीर्तिमान बनाएको छ । प्रतियोगिता अन्तर्गत शनिबार राति सम्पन्न खेलमा भ्यालेन्सियालाई २–१ ले पराजित गर्दै सो कीर्तिमान बनाएको हो । यसअघि यो कीर्तिमान रियाल सोसिडाडाको नाममा ३८ खेलको थियो । जीतसँगै बार्सिलोनाको ३२ खेलबाट ८२ अंक भएको छ । बार्सिलोना भन्दा एक खेल कम खेलेको दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ६८ अंक छ । योसँगै बार्सिलेनाले ला लिगाको उपाधि होड बलियो पारेको छ । साविक विजेता रियाल मड्रिडको ६४ अंकसहित चौंथो स्थानमा छ । बार्सिलोनालाई विजयी गराउन १५ औं मिनेटमा लुईस सुवारेज र ५१ औं मिनेटमा सामुएल उम्टिटीले गोल गरे । भ्यालेन्सियाका डानी परेजोले ८७ औं मिनेटमा पेनाल्टीमार्फद एक गोल फर्काए । एजेन्सी

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७