बासिंलोनाले बनायो नयाँ कीर्तिमान
जीतसँगै बार्सिलोनाको ३२ खेलबाट ८२ अंक भएको छ । बार्सिलोना भन्दा एक खेल कम खेलेको दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ६८ अंक छ । योसँगै बार्सिलेनाले ला लिगाको उपाधि होड बलियो पारेको छ । साविक विजेता रियाल मड्रिडको ६४ अंकसहित चौंथो स्थानमा छ । बार्सिलोनालाई विजयी गराउन १५ औं मिनेटमा लुईस सुवारेज र ५१ औं मिनेटमा सामुएल उम्टिटीले गोल गरे । भ्यालेन्सियाका डानी परेजोले ८७ औं मिनेटमा पेनाल्टीमार्फद एक गोल फर्काए । एजेन्सी .gif)

.png)

