ला लिगामा बार्सिलोना र भ्यालेन्सिया भिड्दै


२०७५ बैशाख १ शनिबार २३:५५ बजे
एजेन्सी:  स्पेनिस ला लिगा फुटबलमा स्पेनिस जायन्ट्स बार्सिलोनाले भ्यालेन्सियासँग प्रतिस्पर्धा गर्दैछ । बार्सा र भ्यालेन्सियाबीचको खेल नेपाली समय अनुसार राति ८ बजे बार्साको घरेलु मैदान क्याम्प नाउँमा सुरु हुनेछ । ला लिगामा बार्सिलोना लिग लिडर हो । ७९ अंक भएको बार्साले तेस्रो स्थानको भ्यालेन्सियासँग प्रतिस्पर्धा गर्न लागेको हो । भ्यालेन्सियाको ६५ अंक छ । च्याम्पियन्स लिगको क्वाटर फाइनलबाट बाहिरिएको बार्सिलोना यस सिजन ला लिगामा भने एक खेलमा पनि हारेको छैन । आज बार्सिलोना मेस्सी, स्वारेज, इनियस्टा, कोन्टिन्हो सहित आफ्ना पहिलो रोजाइकै खेलाडी सहित अपराजित यात्रा कायम राख्ने हिसाबले मैदान उत्रदै छ । आजको खेलमा मिडफिल्डर इभान राकिटिक भने मैदानमा देखिने छैनन् । उनी च्याम्पियन्स लिगको रोमासँग भएको खेलमा घाइते भएका थिए । आज भ्यालेन्सिया बार्सासँगको खेल जित्दै दोस्रो स्थानको एथ्लेटिको मड्रिसँग बराबरीगर्दै बार्सासँग भएको अंक दुरी घटाउने दाउमा हुनेछ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७