आईपीएल क्रिकेटमा आज दिल्ली डेरडेभिल्स र मुम्बइ इण्डियन्स भिड्दै
दुवै टीम आज पहिलो जितको खोजीमा हुँदा मुम्बइलाई घरेलु मैदान र हजारौँ दर्शकको साथ हुनेछ । यसअघिका दुवै खेल हारेका भए पनि रन औसतमा दिल्ली अंक तालिकाको पुछारमा र मुम्बई पुछारबाट दोस्रो स्थानमा छ ।
घाइते भएर यसअघिको खेल खेल्न नसकेका अलराउण्डर हार्दिक पाण्ड्या आज पनि खेल्न सक्ने÷नसक्ने टुंगो छैन । उनले शुक्रबारको अभ्यास खेलमा २० मिनेट मात्र अभ्यास गर्न सकेका थिए । यी दुर्य टोलि अङ्क तालिकाको पुछारका दुई टीम हुन् । .gif)

.png)

