२०७५ बैशाख महिनाकाे राशिफल


२०७५ बैशाख १ शनिबार ०४:०१ बजे
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वास्थ्यमा केही समस्या देखिए पनि काममा जोस–जाँगर बढ्नेछ। महिनाभरि शुभचिन्तकहरूले साथ दिनेछन्। वस्त्र, भोजन तथा उपहारद्वारा सम्मानित भइनेछ। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुने समय छ। बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। कृषि तथा पशुधनबाट फाइदा पुग्नेछ। अभिव्यक्ति कलामा निखारता आउनुका साथै लेखनतर्फ रुचि बढ्नेछ। लगनशीलताले बिस्तारै लक्ष्यमा पुर्याउनेछ। भोगविलासमा मन रमाउनेछ। खर्च लागे पनि देश–विदेशको यात्रा गर्ने अवसर जुट्न सक्छ। तर, आम्दानी र खर्चको सन्तुलन मिलाउन नसक्दा अर्थअभावले समस्या पर्नेछ। उच्च रक्तचाप, टाउको दुखाइ वा आँखाको समस्याले पनि सताउन सक्छ। बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) त्बगचगकयस महिनामा केही व्यावहारिक उतारचढाव आउन सक्छन्। कामका लागि निकै दौडधुप र खर्च गर्नुपर्ने हुन सक्छ। सरकारी निकायबाट हुने ढिलासुस्तीको सिकार भइनेछ। तापनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। अप्ठ्यारो समयमा पनि शुभचिन्तकहरूले साथ दिनेछन्। भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ। कृषि, पशुधनबाट यथेष्ट लाभ हुनेछ। घर–गृहस्थीमा मन रमाउनेछ। भाग्यले असल प्रेमपात्र जुराउन सक्छ। प्रयत्न गर्दा विदेश जाने अवसर जुट्नेछ। अचल सम्पत्तिले उब्जाएको विवाद सम्झौतामा टुंगिनेछ। स्वास्थ्यमा केही कमजोरी र चोटपटकको योग रहेकाले सजग रहनुहोला। अर्थ अभावले पनि सताउन सक्छ। मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह) न्झष्लष्विभिन्न अवसर जुट्नाले यो महिना उत्साहवर्धक रहनेछ। रोकिएका काम बन्नुका साथै आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। नोकरी तथा राजनीतिमा सम्मानित स्थान प्राप्त हुनेछ। गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन्। मानसम्मानका साथ मनग्गे धनलाभ हुनेछ। अध्ययनमा राम्रो प्रगति हुनेछ। सोख तथा विलासी मनोवृत्तिले खर्च बढाए पनि उत्साहजनक समाचार सुन्न पाइनेछ। कृषि, पशुधनबाट पनि यथेष्ट लाभ हुनेछ। व्यवसायले नयाँ गति लिनेछ। प्रशस्त धन र बहुमूल्य धातुहरू संग्रह गर्न सकिनेछ। तर पारिवारिक असमझदारीले केही समस्या निम्त्याउनेछ। अरूका विषयमा चासो राख्ने बानीले आत्मसम्मानमा चोट पुर्याउन सक्छ, सजग रहुनुहोला। कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) ऋबलअभचसूर्यको अनुकूलताले महत्त्वाकांक्षी काम प्रारम्भ गर्ने समय छ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ। नोकरीमा प्रवेश वा पदोन्नति हुन सक्छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। दाम, इनाम र पुरस्कार प्राप्त गर्ने समय छ। लगनशीलताले सम्मानित स्थान दिलाउनेछ। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। व्यापार तथा उद्योगतर्फ मनग्गे फाइदा हुनेछ भने काममा थप लगानी बढाउन सकिनेछ। खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ। लगनशीलताले अप्ठ्यारो ठानिएका काम पनि सम्पादन हुनेछन्। तर, अरूको भरपर्दा चिताएको काम रोकिन सक्छ। सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे) केही संघर्ष गर्नुपरे पनि अनुभव, चुनौती र आवश्यकता नै कर्मयोगका प्रेरक बन्नेछन्। लगनशीलताले बिस्तारै लक्ष्यमा पुर्याउनेछ। अरूका काममा समय खर्चनुपरे पनि कालान्तरमा आफैंलाई फाइदा हुनेछ। बन्धुबान्धव तथा गुरुजनसँग आत्मीयता बढ्नेछ। नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ। धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ। परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन्। भाग्यले असल प्रेमपात्र जुराउन सक्छ। पहिले टाढिएका आफन्तहरू नजिकिनेछन्। समाजमा गुमेको स्थान प्राप्त हुनुका साथै आफ्नो वर्चस्व बढ्नेछ। अचल सम्पत्तिले उब्जाएको वादविवाद सम्झौतामा टुंगिनेछ। अर्थ अभावले सताए पनि गृहस्थी सुखद रहनेछ। कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो ) ख्ष्चनयमहिनाभरि कष्टभावमा रहने सूर्यको प्रभावले राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्नेछ। व्यवसाय र नियमित काममा पनि बाधा पुग्न सक्छ। चिताएको लाभांश नउठ्नाले अर्थ अभाव देखापर्न सक्छ। दुर्भावना राख्नेहरूले दुःख दिनेछन्। लामो सक्रियता स्वास्थ्यका लागि बाधक बन्न सक्छ। कब्जियत वा ढाड–कम्मर सम्बन्धी समस्याले सताउने समय छ। चोटपटकको योग देखिएकाले सवारी एवं हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला। आँटेका काममा वैधानिक हस्तक्षेप हुने समय रहेकाले सजग रहनुहोला। नयाँ काममा हात हाल्न केही समय प्रतीक्षा गर्नुपर्नेछ। शुभचिन्तकहरूको सहयोगले मात्र अप्ठ्यारो स्थिति पार लगाउन सफल भइनेछ। तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते) पतिपत्नीबीच मतभेद देखिनाले घर–गृहस्थी सामान्य रहनेछ। तापनि समग्रमा यो महिना शुभफलदायी रहनेछ। व्यापारमा मनग्गे लाभ हुनाले आर्थिक स्थितिमा सुधार आउनेछ। आस मारेको काम सम्पादन हुनाले उत्साह जाग्नेछ। विभिन्न अवसर प्राप्त हुनाले जोस–जाँगर बढ्नेछ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने साइत जुर्नेछ। सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन, सवारी आदि जोड्ने समय छ। लगानी बढाउनुपरे पनि व्यवसायमा नयाँ कार्यको थालनी हुनेछ। मित्रताको बन्धन प्रगाढ हुनेछ। प्रेमसम्बन्धले वैवाहिक मार्ग अवलम्बन गर्ने समय छ। तर, अरूका विषयमा चासो राख्ने बानीले आत्मसम्मानमा चोट पुर्याउन सक्छ, सजग रहुनुहोला। बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु क्अयचउष्यमहिना विशेष फलदायी रहनेछ। पुरुषार्थी कामले उत्साह जगाउनेछ। नयाँ उद्योग वा व्यवसाय सुरु हुनेछ। आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुटाउन सकिनेछ। आँटले काम लिँदा मनग्गे फाइदा हुनेछ। अर्थ उपार्जनका विभिन्न स्रोत प्राप्त हुनेछन्। पहिलेका प्रतिस्पर्धीहरू नै सहयोगीका रूपमा देखा पर्नेछन्। विभिन्न अवसर प्राप्त हुनेछन्। वर्र्गीय हक–हितका लागि गरिएको प्रयत्नले दिगो फाइदा दिलाउनेछ। शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। साझेदारीमा केही विवाद आउन सक्छ। ठगीमा परिने समय रहेकाले धनमाल सुरक्षामा सजग रहनुपर्ला। धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) क्बनष्ततबचष्गकअवसरका लागि केही दौडधुप गर्नुपर्ला। स्वास्थ्यमा मौसमी समस्या देखापर्नाले आँटेका काममा केही विलम्ब हुनेछ। तापनि शुभचिन्तकहरूको साथ जुट्नाले फाइदा उठाउन सकिनेछ। सन्तानका माध्यमबाट पनि लाभ मिल्नेछ। टाढिएका आफन्तसँग भेटघाट तथा मेलमिलाप हुनेछ। गुरुजनको प्रेरणाले मन दह्रो हुनुका साथै अध्ययनमा हौसला प्राप्त हुनेछ। परिस्थितिले साथ दिनेछ भने मनको डर उत्साहमा रूपान्तरित हुनेछ। बौद्धिक क्षमता बढ्नुका साथै अध्ययनमा राम्रो नतिजा हासिल गर्न सकिनेछ। प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। आफ्ना कमजोरीमाथि गुनासो बढ्न सक्छ। शुभचिन्तकहरूको सुझावलाई विशेष ध्यान दिनुहोला। मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि) ऋबउचष्अयचलउच्च महŒवाकांक्षाले प्रश्रय पाउने हुँदा बुद्धि–विवेकले काम लिन नसकिएला। घर–जग्गा वा स्थायी सम्पत्तिमा केही विवाद आउन सक्छ। आमाको स्वास्थ्य बिग्रनाले त्यसप्रति चिन्ता बढ्नेछ। अरूको भरपर्दा चिताएको काम रोकिन सक्छ। असंयम व्यवहारले समस्या निम्त्याउनेछ भने निकटजनहरूसँग बिनाकारण विवाद हुन सक्छ। आम्दानीको तुलनामा बढी खर्च हुनाले आर्थिक समस्या देखा पर्न सक्छ। तापनि, साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्नाले परिस्थिति अनुकूल बनाउन सफल भइनेछ। मिहिनेत गर्दा व्यवसायमा फाइदै हुनेछ। कृषि र भूमिबाट प्रशस्त लाभ लिने समय छ। तत्काल धेरै फाइदा नभए पनि पछिका लागि विशेष कामको थालनी हुन सक्छ। कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द) ब्त्रगबचष्गकमहिनाभर विभिन्न अवसर आउनाले उत्साह जाग्नेछ। लामो समयदेखि रोकिएका काम सम्पादन हुनाले यो महिना निकै लाभदायक रहनेछ। नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष फाइदा हुनेछ। पद–प्रतिष्ठा प्राप्त हुने ग्रहयोग छ। उद्योग–धन्दामा पनि सफलता पाइनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन्। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। घरमा सुख–समृद्धि बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी केही फाइदा उठाउन सकिनेछ। दाजुभाइबीच सगोलको सम्पत्तिमा भागबन्डा लाग्न सक्छ। प्रतिष्ठित व्यक्तिहरू सहयोगीका रूपमा देखापर्नेछन्। कीर्तिमानी काम शुभारम्भ गर्न सकिनेछ। सानो प्रयत्नले जीवनशैलीमा सुधार ल्याउन सक्छ। मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि) एष्कअभकस्वास्थ्यमा केही समस्या देखिए पनि यो महिना उत्साहवर्धक रहनेछ। अवसरका लागि केही दौडधुप भने गर्नुपर्नेछ। पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ। प्रयत्न गर्दा अप्ठ्यारै काम पनि सम्पादन हुनेछ। प्रतिद्वन्द्वीलाई पछि पार्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। व्यवसायमा राम्रै फाइदा हुनेछ। समाजमा गुमेको स्थान प्राप्त हुनुका साथै आफ्नो वर्चस्व बढ्नेछ। शिर वा आँखाको समस्याले सताउन सक्छ। वादविवादमा परिने समय रहेकाले सजग रहनुहोला। आफ्ना कमजोरीप्रति टिप्पणी वा गुनासो बढ्नेछ। नाम चलेका व्यक्तिले पनि धोका दिन सक्छन्। शुभचिन्तकहरूको सुझावलाई विशेष ध्यान दिनुहोला। (नेपाली पात्रो)

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७