प्रधानमन्त्रीको भ्रमणको चाँजो मिलाउन चीन जाँदै परराष्ट्रमन्त्री ज्ञवाली


२०७४ चैत ३० शुक्रबार ११:१४ बजे
काठमाडौं, ३० चैत : भारतको राजकीय भ्रमणबाट फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको चाँजोपाँजो मिलाउन परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली चीन जाने भएका छन् । गत साता प्रधानमन्त्रीसहित भारत भ्रमण सकेर स्वेदश फर्केका परराष्ट्रमन्त्री ज्ञवालीको चीन भ्रमणको टुंगो लागिसकेको छ । परराष्ट्र मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार परराष्ट्रमन्त्री ज्ञवाली अप्रिल १६ मा चीन जाने तय भएको छ । चिनियां विदेशमन्त्री वाङ यीको निमन्त्रणामा बेइजिङ जान लागेका परराष्ट्रमन्त्रीले चीनमा रहदा उच्चस्तरीय वैठक गर्नुका साथै नेपालमा चिनिया लगानी मा संचालित परियोजनामा भइरहेको प्रगतीबारे समेत छलफल गर्नेछन् । ज्ञवालीले चिनिया प्रधानमन्त्री लि कछयाङसंग समेत भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीसँगको भेटवार्ताको तयारी समेत भइसकेको छ । ज्ञवालीको चीन भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे समेत छलफल हुने उच्च स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री ओलीलाई उनका चिनियाँ समकक्षी ली ले चीन भ्रमणको निम्तो यसअघि नै पठाइसकेका छन् । एमाले नेता समेत रहेका ज्ञवालीले चीनको सिचुवान प्रान्तमा चिनिया कम्युनिष्ट पार्टीका प्रान्तीय नेता र उच्च सरकारी अधिकारीसँग समेत भेटवार्ता गर्ने कार्यक्रम छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७