डडेल्धुरामा मेडिकल कलेज खोल्छु भन्नु देउवाको चुनाव जित्ने दाउ मात्रै : ओली


१०:१८ बजे

धनगढी । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव जित्नका लागि शेरबहादुर देउवाले डडेल्धुरामा मेडिकल कलेज बनाउने आश्वासन बाँडिरहेको आरोप लगाएका छन् ।

नेकपा एमालेको चुनावी सभाको शुभारम्भ गर्न दार्चुला जानुअघि नेता लोखराज भट्टको अत्तरियास्थित निवासमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘गेटामा सात अर्बका पूर्वाधार तयार छन् । ९० विघाभन्दा बढी जग्गामा पूर्वाधार बनेका छन् । त्यो ठाउँमा मेडिकल कलेज सञ्चालन गर्न छोडेर गन्यापधुरामा मेडिकल कलेज सञ्चालन गर्छु भन्नु देउवाको चुनाव जित्ने दाउ मात्रै हो ।’

‘मेडिकल कलेज सञ्चालनका लागि ३ सय शैयाको अस्पताल तीन वर्ष चलेको हुनुपर्छ, बिरामीको चाप पनि त्यत्तिकै हुनपर्छ, उनको यो आश्वासन अन्तिम पटक डडेल्धुराबाट चुनाव जित्ने दाउ मात्रै हो ।’ उनले ७ अर्बका पूर्वाधार बनिसकेको ठाउँमा मेडिकल कलेज नचलाउनु भनेको सरकारको अकर्मण्यता भएको बताएका छन् । ‘यत्रो ‘इन्फास्ट्रक्चर’बनिसकेको ठाउँमा मेडिकल कलेज नचलाएर डडेल्धुरामा चलाउनु भन्नु सरकारको अकर्मण्ता हो,’ ओलीले भने ।

एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इञ्चार्ज भट्टको निवासमा भएको पार्टी प्रवेश कार्यक्रममा नेकपा एकीकृत समाजवादीका धनगढी नगर अध्यक्ष मदनराज रेग्मीसहित विभिन्न पार्टीबाट २ सय जना कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।
ओलीले आजै कालापानी लिपुलेक भएको जिल्ला दार्चुलाबाट चुनावी प्रचार अभियान सुरु गर्दैछन् । बिहीबार श्रीएयरको विमानबाट धनगढी आएका ओली, केही बेरअघि दार्चुलाको खलंगामा आयोजित चुनावी सभालाई सम्बोधन गर्न धनगढी विमानस्थलबाट सिम्रिक एयरको हेलिकोप्टरबाट दार्चुला उडेका छन् ।

दार्चुलाको चुनावी सभापछि ओलीले बैतडीको पाटन र त्यसपछि आजै कञ्चनपुरको महेन्द्रनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७