रुसले गाभेको युक्रेनी क्षेत्रमा ‘मार्सल ल’


२०७९ कार्तिक ३ बिहीबार ०७:४१ बजे

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा ‘गाभिएका’ युक्रेनका चार क्षेत्रमा मार्सल ल लागु गर्ने आदेशमा हस्ताक्षर गरेका छन् । रुसले दोनेत्स्क, लुहान्स्क, जापोरिझ्या र खेर्सोन क्षेत्रमा मार्सल ल लागु गरेको हो ।

बुधबार घोषणा गरिएको पुटिनको आदेशले रुसी सीमा क्षेत्रका अधिकारीहरूलाई थप शक्ति दिएको छ । ‘हामी रुसको सुरक्षा सुनिश्चित गर्न र भविष्यको रक्षा गर्न धेरै जटिल ठूला कार्यहरू गरिरहेका छौं’, पुटिनले भने ।

यो आदेशले त्यस क्षेत्रहरूबाट र भित्र आवागमन सीमित गर्न तथा त्यस क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न अनुमति दिएको छ । किभका एक अधिकारीले उक्त आदेशले केही परिवर्तन नहुने बताएका छन् । स्रोत : अलजजिराबाट

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७