डिपिएलमा काठमाडौंको विजयी सुरुवात


०४:२३ बजे
काठमाडौं, १७ चैत्र । धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगितामा काठमाडौं गोल्डेन्सले विजयी सुरुवात गरेको छ । शनिबार भएको उद्घाटन खेलमा काठमाडौंको दुई ब्याटस्म्यानको विस्फोटिङ ब्याटिङसँगै घरेलु टिम चौराहा धनगढीलाई ७ विकेटले पराजित गरेको हो । [caption id="attachment_40602" align="aligncenter" width="2048"] तस्बिर ः रासस ।[/caption] धनगढीले दिएको १ सय ४६ रनको लक्ष्य काठमाडौले ८ बल खेल्न बाँकी छदाँ ३ गुमाएर भेटायो । काठमाडौंका विस्फोटिङ ब्याटिङ गरेको अमित श्रेष्ठले नटआउट ८१ रन जोडे । ६५ बल खेलेका अमितले ९ चौका र ४ छक्का हिर्काए । यस्तै काठमाडौंका नरेश बुढाऐरले नआउट २४ रन जोडे । उनले १८ बलमा १ चौका र २ छक्का प्रहार गरे । अमितका ओपनिङ पार्टनर जयकिशन कोल्सावाला १६ रनमा बनाए । कप्तान ज्ञानेन्द्र मल्ल १० रनमा आउट हुँदा सनी पटेल ७ रनमै आउट भएका थिए ।  धनगढीका लागि सांसद शेखले २ र सुनील धमलाले १ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४५ रन जोड्यो । धनगढीका लागि ओपनर सुनील धमलाले ६८ रन बनाए । अर्का ओपनर पुनित मिश्रा ९ रन, शंकर रानाले ३६ रन बनाए । ३१ बलको सामाना गरेका उनले ५ चौका प्रहार गरे । यस्तै सोनु तामाङले १ रन र सोमपाल शुन्य मै आउट भए । यसैगरी राजेश पुलामी पनि शून्य रनमा आउट हुँदा राजु रिजालले नटआउट ११ रन र योगेन्द्रसिंह कार्कीले नटआउट ५ रन बनाए । बलिङ तर्फ काठमाडौंको लागि सहाब आलमले ह्याट्रिक गरे । उनले १७ औँ ओभरमा सुनील धमला, सोनु तामाङ र सोमपाल कामी आउट गर्दै ह्याट्रिक गरेका हुन्। यस्तै काठमाडौंका लागि किशोर महतो, सनी पटेल र रासिद खानले १–१ विकेट हात लिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७