सन् २०२२ मा ताइवानको आर्थिक वृद्धि ३.७५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । ताइवानको मौद्रिक नीति अख्तियार गर्ने सरकारी निकायले यस वर्ष ताइवानको आर्थिक वृद्धि ३.७५ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।
उक्त संस्थाले उपभोक्ता मूल्य सूचकाङ्क (सिपिएल) को वृद्धिदर २.८३ प्रतिशत रहने अनुमान गरेको छ । यसै हप्ताको सुरूमा सार्वजनिक सरकारी तथ्याङ्क अनुसार कोभिड-१९ महामारीको कारण खपत सुस्तता र औद्योगिक पुनः स्थापनालाई ध्यानमा राख्दै आर्थिक वृद्धि तथा उपभोक्ता मूल्य सूचकाङ्कलाई समायोजन गरिएको हो ।
यसपहिले मार्चमा सार्वजनिक तथ्याङ्कमा सरकारले ताइवानको अर्थतन्त्र ४.०५ प्रतिशतले वृद्धि हुने र उपभोक्ता खर्च मूल्य वार्षिक २.३७ प्रतिशत कायम रहने उल्लेख गरिएको थियो ।
तथ्याङ्कअनुसार मे महिनामा ताइवानको उपभोक्ता मूल्य ३.३९ प्रतिशतले वृद्धि भएको थियो । यसलाई अधिकारीले झन्डै एक दशकमा भएको सबैभन्दा ठूलो उपलब्धि भनेका छन् ।