निर्वाचनमा धाँधली भएको भन्दै एमालेले दियो १५ ‘प्रमाण’
काठमाडौं । स्थानीय तहको निर्वाचनमा सत्ता पक्षबाट धाँधली भएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आरोप लगाएको छ । एमाले महासचिव शंकर पोखरेलले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै धाँधली भएको प्रमाण स्वरुप १५ वटा तर्क पेश गरेका छन् ।
‘हामी सत्ता गठबन्धनबाट नेकपा एमालेविरुद्ध गरिएका मोर्चाबन्दीको बाबजुद निर्वाचनमा उभिएको पार्टी हो । मोर्चाबन्दीले नपुगेर धाँधलीमा उत्रेको, योजनाबद्ध धाँधलीलाई सत्ता गठबन्धनले निरन्तरता दिइरहेको हुँदा यस्तो कार्य तत्काल रोक्न सरकारसँग माग गर्दछौं’, महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै भनेका छन् ।
एमालेले पुनः मतदान र मतगणनाको लागि दिएको उजुरीउपर गम्भीरताका साथ ध्यान दिइ कार्यान्वयन गर्न पनि माग गरेको छ ।
हेर्नुस् वक्तव्य