उदयपुर कटारीमा बुथ कब्जा गर्न खोज्दा गोली चल्यो, दुई जना घाइते


२०७९ बैशाख ३० शुक्रबार २२:३२ बजे


उदयपुर । उदयपुरको कटारी नगरपालिका-१० स्थित कालिका माध्यमिक विद्यालय मतदान केन्द्रमा झडप हुँदा दुई जना घाइते भएका छन् । झडप नियन्त्रणका क्रममा प्रहरीले आठ राउण्ड गोली चलाएको छ ।

कटारी-१० मतदानस्थल कालिका माध्यमिक विद्यालय सोरूङ छबीसेमा मतदान अन्तिम समयमा पुगेको बेला स्थानीयले बुथ कब्जा गर्न खोजेपछि गोली चलाउनु परेको उदयपुरका प्रहरी प्रमुख सुवासचन्द्र बोहोराले जानकारी दिएका छन् ।

त्यहाँका स्वतन्त्र रुपमा वडाअध्यक्षका प्रत्यासी गौरव कटुवालका भतिजा करिब २० वर्षीय प्रवीण कटुवालको गोली लागेको हो । स्थानीय छत्र कटुवालले प्रवीण गोली लागेको जानकारी दिएका छन् ।

अर्का १० वर्षीय बालकको खुट्टामा पनि गोली लागेको जनाइएको छ । घटनास्थल कटारी बजारबाट ३ घण्टा गाडीको दूरीमा रहेकाले थप विवरण आउन सकेको छैन । पानी परिरहेकाले सम्पर्क हुन नसकेको प्रहरी प्रमुख बोहोराले जनाएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७