लमजुङमा ४० प्रतिशत मत खस्यो
लमजुङ । लमजुङमा १८२ वटै मतदान केन्द्रबाट जारी मतदानमा ४० प्रतिशत मत खसेको छ । मतदानलाई सुरक्षित र शान्तिपूर्ण बनाउन सुरक्षा निकायका सबै अङ्ग परिचालित छन् ।
आम मतदाता पनि मतदान गर्न बिहानैदेखि लामबद्ध भएर बसेका छन् । तर मतदानमा सहभागी मतदाताहरुलाई लामो समय लाइनमा बस्नुपर्ने बाध्यताले भने निकै कष्टपूर्ण बनाएको छ । जिल्ला निर्वाचन कार्यलयले जिल्लाका केही ठाउँमा सामन्य विवाद भए पनि झडप नभई सबै केन्द्रमा सौहार्दपूर्ण तरिकाबाट मतदान भइरहेको बताएको छ ।
कुनै पनि मतदान केन्द्रमा समस्या नदेखिएको जिल्ला निर्वाचन अधिकारी सिर्जना मिश्रले बताइन् । जिल्लाका सबै मतदान केन्द्रलाई शान्तिपूर्ण बनाउन थप सुरक्षाकर्मी परिचालित गरिएको छ ।