गठबन्धनको बालुवाटार बैठक : पाँच दल बाहिरको तालमेल खारेज गर्ने निर्णय


२०७९ बैशाख १६ शुक्रबार ०२:१८ बजे

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको आज (शुक्रबार) बालुवाटारमा बसेको बैठकले नेकपा एमालेसहितका अन्य दलसँग भएको तालमेल खारेज गर्ने निर्णय गरेको छ ।

बैठकले तीन वटा निर्णय गरेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस विज्ञ गोविन्द परियारले जानकारी दिएका छन् । बैठकले ६ महानगर र ११ उपमहानगरपालिकामा प्रमुख, उपप्रमुखमा गठबन्धनको सहमति विपरित भएको उमेदवारी तत्काल फिर्ता लिने निर्णय गरेको छ ।

यस्तै, सहमति विपरित स्वतन्त्र रुपमा दर्ता भएको उम्मेदवारी फिर्ता लिने पनि निर्णय गरिएको परियारले जानकारी दिए । बैठकले पाँच दलीय गठबन्धनबाहेक स्थानीय तहहरुमा अन्य दलहरुसँग भएको तालमेल तत्काल खारेज गर्ने र गठबन्धन भए सम्बन्धित पार्टीले कारबाही गर्ने निर्णय गरेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७