सञ्चारिका समूहको अध्यक्षमा विमला तुम्खेवा विजयी


२०७८ चैत १२ शनिबार ०९:२१ बजे

काठमाडौं, १२ चैत्र । सञ्चारिका समूह नेपालको आठौँ महाधिवेशनबाट अध्यक्षमा विमला तुम्खेवा विजयी भएकी छन् । गएराति घोषणा भएको मतपरिणाम अनुसार तुम्खेवाले कमला पन्थीलाई दुई मतले पराजित गर्दै विजयी भएकी हुन् ।

विमलाले ८५ मत ल्याए भने उहाँसँग पराजित हुने कमला पन्थीले ८३ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा पवित्रा सुनार, महासचिवमा वसन्ती बास्तोला, सचिवमा दुर्गा कार्की र कोषाध्यक्षमा उर्वसी बस्न्यात विजयी भएका छन् ।

उपाध्यक्षमा पवित्राले गीताकुमारी मैनालीलाई पराजित गरेकी हुन् भने महासचिवमा वसन्तीले यशोदा अधिकारीलाई पराजित गरिन् । त्यस्तै सचिवमा दुर्गाले पवन वर्षा शाहलाई पराजित गरिन् । कोषाध्यक्षमा उर्वसीले कृति भट्टराईलाई पराजित गरेकी हुन् ।

महाधिवेशनबाट सदस्यहरूमा आठ जना विजयी भएका छन् । सदस्यमा सलोजा दाहाल, पार्वता चौधरी, सजना तामाङ, नुनुता राई, मञ्जिमा ढकाल, लोग्सरी कुँवर, पवित्रा मुडभरी र राधा खनाल विजयी भएकी छन्

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७