हेटौंडा । राष्ट्रियसभा निर्वाचनका लागि बागमती प्रदेशमा गठबन्धनबाट दुई जनाको उम्मेदवारी परेको छ । गठबन्धनबाट काँग्रेसका कृष्णप्रसाद पौडेल र नेकपा एकीकृत समाजवादीकी गोमा तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका छन् । आगामी माघ १२ गते बागमती प्रदेशमा दुई सिटका लागि निर्वाचन हुँदैछ ।
आसन्न फागुनमा बागमतीबाट काँग्रेसका राधेश्याम अधिकारी र एकीकृत समाजवादीकी उदय शर्मा पौडेलको कार्यकाल सकिँदैछ । उनीहरुको ठाउँमा पौडेल र तिमल्सिनालाई अगाडि सारेको छ ।