एमाले महाधिवेशन : पाँचथरबाट आठ प्रतिनिधि चयन


२०७८ मङ्सिर ४ शनिबार १२:२९ बजे

पाँचथर, ४ मंसिर । नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशनका लागि पाँचथरबाट आठ जना प्रतिनिधि चयन भएका छन् । १०–१२ मंसिरमा चितवनमा हुने महाधिवेशनका लागि एमाले पाँचथरबाट प्रतिनिधि छानिएका हुन् ।

खुलातर्फ राजकुमार भण्डारी, बसन्तकुमार नेम्वाङ, श्रीप्रसाद जवेगु, भुवनीप्रसाद लिङ्देन र धनकुमार फियाक चयन भएका छन् । महिलातर्फ आशारत्न जवेगु र सीता आचार्य तथा दलिततर्फ नारायण खाती चयन भएका छन् ।

यता, एमाले भारत प्रवास कमिटीबाट पाँच जना प्रतिनिधि छानिएका हुन् । जसमा खुलातर्फ हरि घिमिरे, लोकनाथ भण्डारी र टीका पौडेल छन् । त्यस्तै, महिलातर्फ सीता अधिकारी र बालुका बेल्बासे चयन भएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७