सुरेन्द्रराज रेग्मी ग्लोबल आईएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत नियुक्त

काठमाडौं, ३२ साउन । ग्लोबल आईएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । साउन २९ गते बसेको बैंकको सञ्चालक समितिको निर्यणअनुसार रेग्मीलाई भदौ १ गतेदेखि लाग हुने गरी बढुवा गरिएको हो ।
करिब तीन दशकदेखि बैंकिङ क्षेत्रमा कार्यरत रेग्मी २०६५ वैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आईएमई बैंकमा प्रवेश गरेका थिए । रग्मीले अहिले ग्लोबल आईएमई बैंकको कर्जातर्फ साना तथा मझौला÷खुद्रा कर्जा, अपरेसन तथा सामान्य प्रशासन विभागको समेत सुपरीवेक्षण गर्छन् । रेग्मीले बेलायतको युनिभर्सिटी अफ वेल्सबाट सन् २००१ मा एमबीए गरेका छन् ।