मन्त्रीको सूची बोकेर प्रचण्ड बालुवाटारमा, यस्तो छ सूची


२०७४ फाल्गुण १४ सोमबार १५:२१ बजे
काठमाडौं १४ फागुन : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफ्ना तर्फबाट सरकारमा पठाउने मन्त्रीहरुको सूचि बोकेर प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । प्रचण्ड मन्त्रीको सूचीसँगै मन्त्रालयको बाँडफाँट र मन्त्रालयको जिम्मेवारी सम्बन्धमा पुन समिक्षाको प्रस्ताव बोकेर बालुवाटार पुगेका हुन् । गृहमा नेता रामबहादुर थापा बादल जाने भएपछि अर्का गृहका आंकक्षी बर्षामान पुन अन्नतलाई अनुकूल अर्काे कुनै मन्त्रालयका लागि छलफल प्रधानमन्त्री केपी शर्मासँग छलफल गर्नेछन् । बादललाई गृहमन्त्रालयको जिम्मेवारी दिने चहिँ निश्चित भएको छ । यस अघि उनी २०६५ मा प्रचण्ड नेतृत्वको सरकारमा रक्षा मन्त्री भएका थिए । त्यसबेला उत्पन्न प्रधान सेनापति प्रकरणपछि प्रचण्डले राजीनामा गरेका थिए । त्यसबोहक माओादीका तर्फबाट बादलबाहेक हालसम्म मन्त्रीको सूचिमा मात्रिका यादव, बर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र बीना मगरको नाम टुंगिएको छ । माओवादीबाट सात जना मन्त्रीहरु सहभागी हुनेछन् । उनीहरुको आजै सपथग्रहण गरिने बताइएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७