काठमाडौं: नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशी प्रेम सम्बन्धमा रहँदै आएको अधिकांश जानकार नै छ । प्राय सार्वजनिक कार्यक्रममा सधैसँगे देखिँदै आएको छ । फुर्सदको समयमा पनि सधैँ सँगै देखिँदै आएका छन् । केही समय देखी यता प्रेम सम्बन्धमा रहेको दुईबीच विवाहमा परिणत गर्ने बताउँदा आएका छन् ।
कहिले बिहे गर्ने भन्ने चाहिँ सार्वजनिक गरेका छैनन् । यो जोडी केही समयअघि होली डे मनाउन कम्बोडिया गएको थियो । साथै, त्यहाँ मस्ती गरेका तस्बिर पनि सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । तर, उनीहरू होली डे मनाउने बहानामा इन्गेजमेन्ट गर्न गएको कुरा सार्वजनिक भएको छ । आयुष्मानकी आमा रविना देशराजले तत्काल इन्गेजमेन्टका लागि असहमति राखेपछि उनीहरूको इन्गेजमेन्ट रोकिएको हल्ला छ ।