मेघगर्जनसहित वर्षाको सम्भावना


२०७७ चैत २८ शनिबार ०४:४३ बजे

काठमाडौं, २८ चैत । देशभरका पहाडी क्षेत्रमा बदलीको अवस्था रहेको मौसमविदले जनाएका छन् । मौसम बदलीका कारण आज (शनिबार) प्रदेश–१ र बागमती प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने जनाइएको छ । बाँकी भागको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ११ डिग्री सेल्सियस रहेको र दिउँसोको अधिकतम् तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ । आज बिहान सूर्योदय ५ः४४ मिनेटमा भएको थियो भने सूर्यास्त साँझ ६ः२६ मिनेटमा हुनेछ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७