भ्लादिमिर पुटिनका आलोचक नेता नाभेल्नीलाई साढे तीन वर्षको जेल सजाय


२०७७ माघ २१ बुधबार ०६:१० बजे

काठमाडौं, २१ माघ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विरोधी तथा रुसका विपक्षी नेता एलेक्सी नाभेल्नीलाई साढे तीन वर्षको जेल सजाय सुनाइएको छ ।

पाँच महिनापछि जर्मनीबाट मस्को पुगेका उनलाई ३ हप्ताअघि त्यहाँको प्रहरीले गिरफ्तार गरेको थियो । नाभेल्नी जर्मनीमा उपचारका लागि पुगेका थिए । गत वर्ष उनीमाथि नर्व एजेन्टमार्फत् हमला भएको थियो र उनी बालबाल बचेका थिए ।

उनको उपचार जर्मनीमा भएको थियो । ४४ वर्षका नाभेल्नीलाई पासपोर्ट कन्ट्रोलबाट प्रहरीले आफूसँगै अलग्गै लगेको थियो । बर्लिनबाट आएको नाभेल्नीको फ्लाइटलाई मस्कोको एयरपोर्टबाट अर्को एयरपोर्टमा लगिएका थिए ।

नाभेल्नीको ज्यान लिने कोसिसको पछाडि रुसको सरकारको हात थियो भनेर थुप्रैले मान्यता राख्छन् । केही खोजी पत्रकारले पनि यी दाबीको समर्थन गरेका थिए तर रुसको सरकारले भने यी आरोप खारेज गरेको थियो । एजेन्सी

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७