ओलीको सनक श्रृंखला सकिएको छैन, गणतन्त्रलाई दाउमा लगाउँदैछन् : कृष्ण पहाडी


२०७७ पौष २० सोमबार १९:१५ बजे

काठमाडौं, १९ पुस । मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले प्रधानमन्त्री केपी ओलीले जनताले लडेर ल्याएको गणतन्त्र खतरामा परेको बताएका छन् ।

https://youtu.be/G98uT8Po_JA

प्रधानमन्त्री ओलीले लामो संघर्षपछि प्राप्त उपलब्धिहरुलाई कुल्चेर गणतन्त्रमाथि वितृष्णा पैदा गर्दै गणतन्त्रलाई दाउमा लगाएको उनको दाबी छ ।

काठमाडौंमा सोमबार आयोजित साक्षात्कारमा मानवअधिकारकर्मी पहाडीले प्रधानमन्त्री ओलीको सनकको श्रृंखला जारी रहेको भन्दै यसले देश गृहयुद्धमा धकेलिएको बताए ।

सर्वोच्च अदालतले संसद् विघटन गर्ने सरकारको कदमलाई सदर गर्ने हो भने नेपालमा जुनसुकै प्रधनमन्त्रीले संविधान विघटन गर्नसक्ने उनले बताए ।

पहाडीले नेपालको संविधान निर्माण भएपछि विरोध गर्ने र आगो लगाउनेहरू अहिले संविधान रक्षाका लागि सडकमा उत्रिएको, तर संविधान उत्कृष्ट छ भन्नेहरूले संविधानको पाना च्यात्ने काम गरेको पनि बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७