२०७७ पुस ७ गते मंगलबारको तपाईको राशिफल


२०७७ पौष ७ मंगलबार ०४:०९ बजे

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मनमा दुविधा उत्पन्न हुनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । सहकर्मीबाट विरोध आउला । स्वास्थ्य बिग्रन सक्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज आँटेको र ताकेको कार्य पुरा होला । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । लाभदायक र सुखद् यात्रा हुने योग पनि छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अधिकार प्राप्तिको लागी संघर्ष गर्नु पर्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । स्वास्थ्य विग्रिएला । आर्थिक कारोवारमा बिवाद आउन सक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
वैदेशिक कार्य अघि बढ्ने छ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । लाभदायक यात्रा रहला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
पार्टी तथा सेमिनारमा सहभागी भईएला । धर्म, कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । लाभदायक यात्रा रहने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । पारिवारिक सहयोग मिल्ला । दिनको उत्तरार्ध सुखद् रहनेछ । आकस्मिक धन लाभ हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
ठीक समयमा सही निर्णय लिन सकिने छ । पारिवारिक सहयोग मिल्ला । कला र गलाको प्रभाव बढ्ने छ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज दैनिक कार्यमा प्रगति हुनेछ । साथीभाइसँग समय बित्ने छ । रमणीय र सुखद् यात्राको योग छ । जोश, जाँगर र हिम्मत बढ्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
रमणीय यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । बौद्धिकताको विकास हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय पनि रहेको छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज नयाँ रोजगारको अवसर मिल्ने छ । प्रयत्न गरे फाइदा लिन सकिने छ । आफन्त वा बन्धु बान्धवबाट विशेष सहयोग मिल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
जोश, जाँगर र उमंग बढ्ला । चिताएको कामले तीव्रता लिनेछ । बैदेशिक कार्य अघि बढ्ने छ । आर्थिक कारोवारमा सफलता पाइएला ।

ज्यो.प. नारायणप्रसाद दुलाल

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७