एकै दिन तीन हजार ३०७ जना संक्रमणमुक्त, नेपालमा ६० हजार ६९६ जनाले जिते कोरोना


१५:०८ बजे

काठमाडौं, १६ असोज । नेपालमा कोरोना संक्रमित हुने क्रमसँगै कोरोनालाई जित्ने क्रम पनि बढिरहेको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार ३०७ जना कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म कोेरोना भाइरस संक्रमणलाई जित्नेको संख्या ६० हजार ६९६ पुगेको छ । शुक्रबारसम्म कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ ।

११ हजार ७६० संक्रमित होम आइसोलेसनमा
देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढिरहेको छ । आज (शुक्रबार) २१ हजार २३४ जना संक्रिय संक्रमितमध्ये ११ हजार ७६० जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ६ हजार ९१८ जना होम आइसोलेसनमा छन् । त्यस्तै प्रदेश-१ मा १ हजार ६ सय , प्रदेश-२ मा ६१२, प्रदेश-५ मा एक हजार २०९, सुदूरपश्चिम प्रदेशमा ५६३, गण्डकी प्रदेशमा ५३२ र कणर्ाली प्रदेशमा २५९ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७