चार स्वास्थ्यकर्मीसहित वीरगञ्जमा थप ५३ जनामा कोरोना संक्रमण


२०७७ श्रावण १५ बिहीबार १४:५६ बजे

वीरगञ्ज, १५ साउन । पर्साको वीरगञ्जमा चार स्वास्थ्यकर्मीसहित थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएको परीक्षणमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ पुष्टि भएका संक्रमितमध्ये तीन जना बाराका छन् । बाँकी ५० सबै पर्सा जिल्लाका भएका बताइएको छ । नयाँ संक्रमितमध्ये ११ जना नारायणी अस्पतालको क्वार्टरमा बस्ने स्वास्थ्यकर्मीका परिवारका सदस्य समेत भएका नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले जानकारी दिएका छन् ।

यस्तै नारायणी अस्पतालका दुई चिकित्सकसहित चार स्वास्थ्यकर्मीमा पनि संक्रमण फेला परेको छ । नयाँ संक्रमित ३ वर्षदेखि ६० वर्ष उमेर समूहका छन् । विगत एक साता यता पर्सामा कोरोना संक्रमण भयावह बन्दै गएको छ । संक्रमणको कारण पर्सामा सात जनाले ज्यान गुमाइसकेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७