जीप दुर्घटनामा एकको मृत्यु, चार घाइते


२०७७ असार २८ आइतबार ११:२५ बजे

रुपन्देही, २८ असार । रुपन्देहीको कञ्चन गाउँपालिकास्थित फायरलाइनमा बलेरो जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

स्थानीय हरैयाबजारबाट फायरलाइनतर्फ आउँदै गरेको बा १५ च ९३८९ नम्बरको बलेरो अनियन्त्रित भई सालको रुखमा ठोक्किएको इलाका प्रहरी कार्यालय रुद्रपुर रुपन्देहीले जनाएको छ ।

सो दुर्घटनामा गम्भीर घाइते तिलोत्तमा नगरपालिका–११ बस्ने करिब ३८ वर्षीय सुरज खड्काको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रुद्रपुर रुपन्देहीका प्रहरी निरीक्षक इन्द्र चौधरीले जानकारी दिए । शनिबार बेलुका भएको सो दुर्घटनामा चार घाइते भएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७