धनुषामा सुमो दुर्घटना हुँदा छ जनाकाे मृत्यु, चार घाइते
मृतकहरु सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिए बताए । मृत्यु हुनेमा विराटनगरका शारदा रेग्मी दाहाल, खोटाङ निर्मलडाँडाका ज्ञानबहादुर चौहान, मोरङका बलराज न्यौपाने, मोरङ लेटाङ ८ का खेमकुमार रानामगर, पाँचथर रवि छ का प्रनिता राई, संखुवासभा धर्मदेवी वडा न ९ का नयाराज जिमी रहेको एसपी सिंहले बताए ।
चार जना घाइते छन् । घाइतेमध्ये संखुवासभाका छत्रबहादुर जिमीको अवस्था गम्भीर रहेको एसपी सिंहले बताए । घाइतेहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
६ जनाको पोखरीको पानी खाएर मृत्यु भएको हुनसक्ने उनले प्रारम्भीक अनुमान गरेका छन् । ५ जना यात्रु गाडीको सिसा फोरेर बाहिर निस्किएको कार्कीले बताए। ११ जना यात्रु रहेको सुमो पोखरीमा डुबेको छ । .gif)

.png)

