गाई काटेको आरोपमा दम्पत्ति पक्राउ


२०७४ माघ ११ बिहीबार १६:२९ बजे
बेसीशहर, ११ माघ : जनजाति महासंघले गाई–गोरु काटेको अभियोगमा चलाइने गरेको कानून संशोधनको माग गरिरहेका बेला एक दम्पति सोही आरोपमा पक्राउ परेका छन् । प्रहरीले गाई काट्दै गरेको अवस्थामा मस्र्याङदी गाउँपालिका–२ बाट ३३ बर्षीया दुर्गामान तामाङ र उनकी पत्नी २८ बर्षीया डीलमाया तामाङलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई मस्र्याङदी गाउँपालिका–९, बगौंचामा गाई काटिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । नीहरुलाई गाई काटेर मासु छुट्याइरहेको बेला प्रहरीले उनीहरुको साथबाट बन्चरो, चक्कु र बाल्टी समेत बरामद गरेको जनाएको छ । घटनामा संलग्न मस्र्याङदी गाउँपालिका–३ का २० बर्षीय विजय तामाङ भने फरार रहेको प्रहरीले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७