खेल र खेलाडीको अवस्था

‘सत्य’ युग भगवान् युग मानिएको समयमा रामायणमा रामले चलाउने धनुष होस् या महाभारतमा अर्जुनले उठाएको धनुष वा युद्धको समयमा प्रयोग भएका भाला तलवार होस् पछि मानव समाजमा आउँदा पृथ्वीनारायण शाहले एकीकरण गर्नु पूर्वदेखि नै नेपालका भू–भागमा दौडेर प्रथम हुनेलाई नै राजा बनाउने चलन नै किन नहोस् एक प्रकारले हेर्ने हो भने परापूर्व देखिनै खेलकुदको माध्यम नै उपयोगी बन्दै खेलको विकास हुँदै आएको पाइन्छ । यद्यपि आधिकारिक रूपमा खेलको विकास भने बि.स. २०१५ साल तत्कालीन शिक्षा मन्त्री परशुनारायण चौधरीको अध्यक्षतामा राष्ट्रिय स्वास्थ्य तथा खेलकुद परिषद् गठन गरी सञ्चालनमा ल्याइयो पछि उक्त गठित परिदलाई २०१७ साल फागुन १७ गते राष्ट्रिय खेलकुद परिषद्मा गठित गरी सुरुवात गरियो ।
हरेक देशको संस्कृति र परम्परा विश्व सामु चिनाउन खेल एक महत्त्वपूर्ण माध्यम हो । आज विश्वका यस्ता धेरै देशहरू छन् । जहाँ खेल र खेलाडीका नामबाट परिचित छन् । खेलकुदको दुनियाँमा खेल कर्म हो । खेलाडी कर्ता हुन् । नतिजा विश्वास हो । कर्ताले गरेको मेहनत पूर्व कर्मबाट नै विश्वास प्राप्त हुन्छ र त्यही विश्वासमा खेलकुदको दुनियाँ अडिएको छ । खेलकुदले राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय राजनीतिमा समेत प्रभाव पारेको पाइन्छ । अन्तर्राष्ट्रिय राजनीतिमा खेल सिद्धान्तको प्रयोग रुसदेखि प्रयोग हुँदै आए तापनि प्राचीन कालदेखि आधुनिक समयसम्म यसको प्रयोगलाई व्यवहारिक र उपयोगी मानिन्छ । आजको विश्वमा देखा परेको शक्ति सङ्घर्ष र राष्ट्रिय स्वार्थको कार्यान्वयन गर्न खेलकुद सिद्धान्तको आधार लिइन्छ । जसरी सानो परिवार भित्र आफ्नो अस्तित्व सुरक्षा गर्न प्रत्येक सदस्य लागि पर्दछ , त्यसै गरी राष्ट्रभित्र राजनीतिक दलहरू ,सङ्गठन भित्र व्यक्तिहरू, अनि अन्तर्राष्ट्रिय जगतमा राष्ट्रहरू शक्तिको खेल मार्फत अन्तर्राष्ट्रिय पहिचान र अस्तित्व सुरक्षा गर्दछन् । त्यसैले एकतर्फ खेल सिद्धान्तको एक भागले Risk versus reward aspect लाई समेट्दा छ भने अर्को तर्फ यसले वास्तविक अवस्थालाई समेत चित्रण गर्दछ । त्यसैले विश्वमा यस्ता धेरै देशहरू छन् जसले खेललाई आफ्नो शक्ति केन्द्र मान्दछ ।
नेपालको सन्दर्भमा भने अलिक फरक छ । खेलकुदले देशको पहिचान, व्यक्तिको प्रतिष्ठा लाई उच्च बनाउँदछ । खेल र खेलाडी राष्ट्रको गहना हुन् । भनिएता पनि सामाजिक जीवनमा भने खेलकुद फुर्सदको समयमा खेल्ने र कोहिकहि केही गर्न नसक्नेका लागि मात्र खेलकुद हो भन्ने भ्रम ताजै छ । आफू भन्दा ठुलोको आशीर्वाद दिँदा सधैँ डाक्टर , इन्जिनियर बन्नु ठुलो मान्छे बन्नु जस्ता दिइन्छ । तर राम्रो खेलाडी बन्नु भन्ने आशीर्वाद दिने गरेको पाइँदैन । भन्न खोजेको अझै नेपाली समाजमा खेलकुद रोजाइको विषय बन्न नसक्नु हो । यसको कारण देशको राजनैतिक पक्ष , सामाजिक पक्ष अनि जनमानसको सङ्कीर्ण सोच नै प्रमुख हो ।
विगतको तुलनामा खेल क्षेत्रमा केही सुधार भएता पनि खेलाडीको जीवनस्तर भने खासै परिवर्तन आउन सकेको छैन । खेलाडीले आफ्नो जिउ ज्यान लगाएर खेल खेल्छन् । आफ्नो जीवन नै खेलकुदमा समर्पण गर्ने गरेका छन् । तर राज्यको तर्फ बाट खेलाडीको मनोबल बढाउने खेलाडीको ऊर्जा कायम राख्न प्रोत्साहन गर्ने र जीवनस्तर सुधारका निम्ति कुनै पनि नीति कार्यक्रम ल्याउन सकी रहेको छैन । जीवनभर राष्ट्रको नाममा खेल्ने खेलाडी बिरामी हुँदा उपचार गर्न सक्ने अवस्था हुँदैन उपचार नै नपाएर मर्ने गरेका हामीले देखेका छौ ।
'स्वास्थका लागि खेलकुद राष्ट्रका लागि खेलकुद ' भन्ने खेलकुदको मूल नारा रहेको छ । यो नारा सच्चिन जरुरी छ । स्वास्थ्य र राष्ट्रका लागि मात्र हाेइन्, अब खेलकुद राेजगारीकाे क्षेत्र पनि बन्नुपर्छ । अहिले स्वास्थ्यका लागि खेलकुद पनि बनेको छ । राष्ट्रका लागि पनि खेलकुद बनेको छ । तर खेलाडीको लागि चाहिँ खेलकुद बन्न सकेको छैन ।
'स्वास्थका लागि खेलकुद राष्ट्रका लागि खेलकुद ' भन्ने खेलकुदको मूल नारा रहेको छ । यो नारा सच्चिन जरुरी छ । स्वास्थ्य र राष्ट्रका लागि मात्र हाेइन्, अब खेलकुद राेजगारीकाे क्षेत्र पनि बन्नुपर्छ । अहिले स्वास्थ्यका लागि खेलकुद पनि बनेको छ । राष्ट्रका लागि पनि खेलकुद बनेको छ । तर खेलाडीको लागि भने चाहिँ खेलकुद बन्न सकेको छैन । खेलकुदकै नारामा खेलाडी नै छुटेका छन् । जबसम्म खेलाडीका लागि खेलकुद बन्न सक्दैन । तबसम्म खेलाडीको जीवनमा कुनै परिवर्तन आउँदैन । नेपाल आफै एउटा गरिब मुलुक हो । यहाँका अधिकाङ्स जनता गरिबिको रेखामुनि छन् । जहाँ दिनभरि ज्याला मजदुरी गरेर छाक टार्ने अवस्थामा रहेका हाम्रो नेपाली जनताले स्वयंसेवक गर्नका लागि खेलकुद कसरी रोजाइ बन्न सक्छ । तर पनि राष्ट्रका निम्ति छाक काटेर खेलकुदमा सङ्घर्ष गरिरहेका छन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू झुपडीबाट नै निस्किएका छन् । तर नेपाली खेलाडीले सोचेको र गरेको मेहनतको प्रतिफल प्राप्त नहुनुमा सामाजिक अवस्था नै प्रमुख कारण हो । खाली पेट, घरको ऋण, बेरोजगारी जीवन जस्ता सामाजिक समस्याले ग्रस्त मानसिकताले मैदानमा कसरी सफलता हात पार्न सकिन्छ । पदक विजेता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी किन दीर्घकालीनसम्म खेल क्षेत्र मै टिक्न सक्ने अवस्था छैन ? ती खेलाडीहरू कहाँ छन् कसैले किन खोजी गर्दैनन् ? खेलाडीहरू किन विदेश नै रोज्छन् किन विदेश मै लुकेको भागेको खबर आउँछ ? यसको कारणको किन खोजी हुँदैन । यस समस्याको मुख्य कारण बेरोजगारी हो । खेलकुदमा रोजगारीको अवसर सृजना हुन नसक्नु हो ।
खेल खेल्नका लागि खेल मैदान र राम्रो पुर्वाधार विकास नभएको हाम्रो देशमा खेलाडीको जीवनस्तरमा सुधार हुन सकेकाे छैन्र ।तर पछिल्लो समय स्थनिय निर्वाचनपछि सरकारले ल्याएको एक स्थानीय तह, एक खेल मैदान, प्रादेशिक रङ्गशाला जस्ता नीतिले भौतिक पूर्वाधारमा विकास हुँदै गइरहेको छ ।
खेलकुद प्रति आकर्षण बढाउनका लागि रोजगारीको सृजना गर्न सक्नुपर्छ । खेल खेल्नका लागि खेल मैदान र राम्रो पुर्वाधार विकास नभएको हाम्रो देशमा खेलाडीको जीवनस्तरमा सुधार हुन सकेकाे छैन्र ।तर पछिल्लो समय स्थनिय निर्वाचनपछि सरकारले ल्याएको एक स्थानीय तह, एक खेल मैदान, प्रादेशिक रङ्गशाला जस्ता नीतिले भौतिक पूर्वाधारमा विकास हुँदै गइरहेको छ । तर बिड्म्वना नै भन्नू पर्छ । भौतिक पूर्वाधार बनाउँदा ठेकदार मोटाउने, प्रतियोगिता आयोजना गर्दा आयोजक अनि नजिक रहेका सीमित मान्छे मोटाउने अनि खेलाडीको नाम मात्रै सधैँ बेचिने यस्तो प्रवृत्ति मौलाउँदै खेल क्षेत्रको लागी ठुलो दुर्भाग्य हो । यस वर्ष सरकारले १३ औँ सार्कमा स्वर्ण पदक विजेतालाई आजीवन मासिक भत्ताको व्यवस्था गरेको छ । जुन स्वागत योग्य छ । तर यति मात्र पर्याप्त छैन सबै पदक विजेता खेलाडी बराबरीका हकदार छन् ।
खेलकुदमा आमूल परिवर्तन ल्याउन खेलकुदको दीर्घकालीन विकासका निम्ति सर्वप्रथम खेलाडीको विकासमा ध्यान जान जरुरी छ । हामीले वर्षौँदेखि उठाउँदै आएको आवाज एक विद्यालय, एक खेल, प्रशिक्षक नीति अहिलेको सरकारले सम्बोधन गरे पनि कार्यान्वयनमा आउन सकेको छैन । खेलाडीको उर्वर क्षेत्र विद्यालयलाई नै बनाउन जरुरी छ । जहाँ शिक्षा अनि स्वास्थ्य दुवैको विकास गर्न सकिन्छ । खेलकुदलाई शिक्षा सँग जोड्न जरुरी छ । यसले रोजगारीको अवसर सृजना गर्छ । प्रत्येक वडा वडा, नगर स्थानीय र प्रदेश मै अनिवार्य रूपमा खेल प्रशिक्षक नियुक्त गरी स्थानीय स्तरबाटै खेलको विकास गर्न जरुरी छ । यो नीतिले ठुलो सङ्ख्यामा रोजगारीको सृजना गर्दछ ।
खेलाडीको जीवनभरिको सम्पत्ति आफ्नो रगत पसिना बाट प्राप्त मेडल सर्टिफिकेटको आज कुनै मूल्य छैन । अब यसको मूल्याङ्कन सरकारले गर्नु पर्दछ । खेलाडीलाई व्यवसायी बनाउन नि जरुरी छ, उनीहरूलाई उत्पादन सँगै जोडेर लान जरुरी छ । यदि कुनै खेलाडी आफ्नै व्यापार बिजनेस सुरु गर्न चाहेको खण्डमा वा रोजाइको विषयमा अध्ययन अध्यापन गर्न चाहेमा आफ्नो जीवनको अमूल्य कमाइ (मेडल सर्टिफिकेट) धितो राखेर सुलभ कर्जा उपलब्ध गराउने व्यवस्थाको सृजना गरिनु पर्दछ । ताकी कोही खेलाडी पनि आर्थिक विपत्तिकै कारण बिदेसिनु बाध्यता नआओस् । टिभीमा क्रिकेट फुटबल जस्ता खेल हेर्न रुचि राख्ने खेलाडीमा रोनाल्डो, मेसी, विराट कोहली, सन्दीप लामिछाने मन पराउने तर आफ्नो बच्चालाई खेलाडी बनाउन तयार नहुने हाम्रा अभिभावकको मानसिकतालाई नीति कार्यक्रमबाट चिर्न जरुरी छ ।
आम खेलाडीको स्वास्थ्य बिमालाई प्रमुख प्राथमिकतामा राखिनु पर्दछ । पढ्न नसक्नेले मात्र खेल खेल्ने हो भन्ने सामाजिक भ्रम लाई चिर्न खेलकुदमा शिक्षा अनिवार्य गर्न जरुरी छ । शैक्षिक स्तर बाट नै विकास गर्दै लैजान जरुरी छ । नेपाल एउटा खेलकुद बिश्वबिद्धालयको आवश्यकता छ । खेलकुद बिश्वबिद्धालय खोली शैक्षिक योग्यतामा विकास गरी खेलाडीहरूलाई आर्थिकरुप बाट सबल बनाउँदै लैजान पर्दछ । जबसम्म आर्थिकरुपबाट सबल हुँदैन्, तबसम्म कुनै पनि क्षेत्रको विकास सम्भव छैन । हामीले परिकल्पना गरेको समृद्ध नेपालको आधारभूत पक्ष खेलकुद बन्न सक्दछ । यति बेला सरकारको पूरा ध्यान अनि विशेष लगानी स्वास्थ्य क्षेत्र बनेको छ । यति बेलाको आवश्यकताले गर्दा होला सायद तर यदि स्वास्थ्य क्षेत्रको दीर्घकालीन समाधान खेलकुद बन्न सक्छ । सरकारले ठोस कार्य योजनासहित खेलकुदमा राम्रो लगानी गर्दा आज हजारौँको सङ्ख्यामा खेलिएका स्वास्थ्य केन्द्रहरू बन्द हुने अवस्थामा पुग्ने छन् । प्रत्येक नागरिकलाई स्वास्थ्य राख्न खेललाई अनिवार्य गरी खानपानमा विशेष ध्यान दिने हो भने अस्पतालहरू आकस्मिक सेवाका लागि मात्र खुल्ने छन् । खेलकुदले शिक्षा स्वास्थ्य जस्तो आधारभूत पक्षलाई सुधार गर्दै रोजगारीको सृजना आत्मनिर्भर बनाउने छ । स्वास्थ्य शिक्षित नागरिक उत्पादन खेलकुदले नै गर्नेछ । अनि बल्ल आम नेपालीको सपना खुसी नेपाली समृद्ध नेपाल बन्ने छ ।