देउवा र लेखक प्रधानमन्त्री भेट्न पुगे बालुवाटार


२०८२ जेठ १४ बुधबार १८:०४ बजे
फाइल फोटो

काठमाडौं । गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलहरूले संसद अवरोध गरेपछि नेकपा एमाले र सत्ता साझेदार नेपाली कांग्रेस छलफलमा जुटेका छन् । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखक बालुवाटार पुगेका हुन् । भिजिट भिसा प्रकरणमा मन्त्रीकै राजीनामा माग भएपछि छलफलका लागि देउवा र लेखक बालुवाटार पुगेका हुन् । 

हिजो विपक्षी दलहरूले लेखकले राजीनामा माग्दै संसद अवरुद्ध गरेका थिए । उनीहरुले गृहमन्त्रीको राजीनामा नआएसम्म संसद चल्न नसक्ने बताएका छन् । भोलि बजेट ल्याउनै पर्ने बाध्यात्मक अवस्थामा रहेको सरकार कसरी सदन सुचारु गर्न सकिन्छ भन्ने छलफलमा केन्द्रित रहेको छ । आज ११ बजेका लागि बैठक बोलाइएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७