प्रहरी नेतृत्वबाटै ज्यान असुरक्षित भयो : नवराज सिलवाल


२०७४ माघ ११ बिहीबार १६:३० बजे
काठमाण्डौं, ११ माघ : पूर्व डीआइजी तथा नेकपा एमालेका सांसद नवराज सिलवालले प्रहरी अधिकृतहरुबाटै आफू असुरक्षित रहेको बताएका छन् । ललितपुर–१ बाट प्रतिनिधिसभामा निर्वाचित सिलवालले वर्तमान सरकार र अहिलेको प्रहरी नेतृत्वबाटै आफ्नो जिउ ज्यान असुरक्षित बनिरहेको आरोप लगाएका छन् । उनले एक विज्ञप्ती जारी गर्दै काम चलाऊ सरकारको इशारामा प्रहरी नेतृत्व आफूविरुद्ध लागिरहेको बताउँदै जीवनरक्षाका लागि आग्रह गरेका छन् । सिलवालले आइजीपी नियुक्ति प्रकरणमा अदालतमा पेश भएका कागजातहरुको सन्दर्भमा अहिलेको सरकार तथा प्रहरी नेतृत्वबाट निष्पक्ष छानविन हुन नसक्ने समेत विज्ञप्तीमा दावी गरेका छन् । उनको विज्ञप्तीमा लेखिएको छ–‘जुन मान्छे यो सम्पूर्ण घटनाक्रममा मेरो विपक्षी रहेको छ, उसैले अनुसन्धान गर्ने र यसमा संलग्नहरुलाई निर्दोष सावित गरी मलाई प्रहार गर्ने जुन खेल भइरहेको छ, त्यसको अन्त्य हुनुपर्दछ र निष्पक्ष निकायवाट भोलि हुने अनुसन्धानलाई एउटा निष्कर्षमा पु¥याउन सबै प्रकारले सहयोग गर्न म तयार छु ।’ सिलवाले यो बीचको घटनाक्रममा आइजीपी नियुक्ति प्रकरणका महत्वपूर्ण सरकारी कागजातहरु फेरबदल भएको भन्दै त्यसका दोषीहरुमाथि छानविन र कार्वाही माग समेत गरेका छन् । उनले कीर्ते गर्ने कार्यमा संलग्न व्यक्तिहरुलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले पुरस्कृत गरिरहेको आरोप लगाएका छन् । सिलवालको विज्ञप्तिमा भनिएको छ– नेपाल प्रहरीको कर्मचारी प्रशासनसम्वद्ध गोप्य दस्तावेजहरुमा मेरो पहुँच पुग्ने र त्यसलाई मैले सच्च्याउने सम्भावना एउटा काल्पनिक कथ्य मात्र हो । त्यसमाथि, यसअघिको प्रहरी नेतृत्व शुरुदेखि नै मलाई प्रहरी महानिरीक्षक हुन नदिने प्रपञ्चका साथ योजनावद्ध ढंगले क्रियाशील रहेको यथार्थ अब आम जानकारीको विषय भइसकेको छ । यस्तो अवस्थामा, प्रहरी मुख्यालयमा सुरक्षित, सोही अवधिको गोप्य फाइलमा मैले किर्ते गर्नसक्ने कुरा कसरी सम्भव होला ? सिलवालले आफू जुनसुकै बेला अनुसन्धानमा सघाउन तयार भए पनि अहिलेको सरकारबाट आफू असुरक्षित भएकाले नयाँ सरकार आउना साथ अनुसन्धान प्रक्रियामा सहभागी हुने बताएका छन् । सरकारले सिलवाललाई पक्रिन केहि दिनअघि इन्टरपोल नोटिस समेत जारी गरिसकेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७