राखेप च्याम्पियनसिप:थाइचीमा हरि र सवितालाई स्वर्ण, फाइनल को-को भिड्दै ?


२०७४ माघ ७ आइतबार २१:४९ बजे
  [caption id="attachment_22867" align="aligncenter" width="720"] हरिप्रसाद गोले र सविता राई[/caption] काठमाडौं: नेपाल आर्मीकाद्वय हरिप्रसाद गोले र सविता राईले राखेप च्याम्पियनसिपअन्तर्गत १३ औं राष्ट्रिय उसु प्रतियोगिताको थाउलोतर्फ थाइची अल राउन्डमा शनिबार स्वर्ण जितेका छन् । दुवै १२ औं दक्षिण एसियाली खेलकुद (साग) का रजत विजेता हुन् । [caption id="attachment_22874" align="aligncenter" width="575"] मीना ग्लान[/caption] इटहरीमा भएको प्रतियोगिताको पुरुषमा हरिले सर्वाधिक १६.७५ अंक जोडे । पासाङ शेर्पा (१६.४० अंक) दोश्रो र विवेश श्रेष्ठ (१४.०५ अंक) तेश्रो भए । दुवै मध्यमाञ्चलका हुन् । महिलामा सविताले सबै प्रतिद्वन्द्वीलाई उछिन्ने क्रममा १७ अंक जोडिन् । आर्मीकै मीना ग्लान (१६.३५ अंक) ले रजत र सुदूरपश्चिमाञ्चलकी सम्झना चौधरी (१५.४० अंक) ले कांस्य हात पारे । सान्सौंको पुरुष ४८ केजीमा एपीएफका अशोक खालिङले मध्यमाञ्चलका नरेन्द्र कुँवर तथा पूर्वाञ्चलका गणेशकुमार लिम्बूले मध्यपश्चिमाञ्चलका टीकाराज रोकायालाई पराजित गरी फाइनलमा पुगे । ५२ केजीमा आर्मीका मदनकुमार श्रेष्ठले नेपाल प्रहरीका दिपेन्द्र सिजाली मगर तथा मध्यमाञ्चलका कान्ति लामाले सुदूरपश्चिमाञ्चलका शिवराज सुनारी मगरलाई हराउदै फाइनलमा स्थान सुरक्षित गरे । ५६ केजीमा एपीएफका अमर सुनारले मध्यमाञ्चलका सुनी शिरीषलाई पाखा लगाउदै फाइनलमा पुगे । ६० केजीमा प्रहरीका मुकेश पण्डितले पूर्वाञ्चलका विजय रसाइली तथा एपीएफका मंगलप्रसाद थारुले सुदूरपश्चिमाञ्चलका बालकृष्ण चौधरीलाई पन्छ्याउदै फाइनल यात्रा तय गरे । ६५ केजीमा प्रहरीका सुमन घुस्रीले सुदूरपश्चिमाञ्चलका सुद्धिराम चौधरी तथा आर्मीका वीरमान लामाले एपीएफका सन्जिव महर्जनलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरे । सान्सौंतर्फ नै पुरुषको ७० केजीमा पश्चिमाञ्चलका योगेन्द्र थापाले मध्यमाञ्चलका रामचन्द्र सिम्खडा तथा आर्मीका चित्रसिंह ठकुरीले प्रहरीका प्रेमचन्द्र दर्लामी मगर, ७५ केजीमा आर्मीका पदम राईले मध्यपश्चिमाञ्चलका भरत राणा र पूर्वाञ्चलका चन्द्र लिम्बूले पश्चिमाञ्चलका किरण घर्ती, ८० केजीमा पश्चिमाञ्चलका अनुप खड्काले सुदूरपश्चिमाञ्चलका प्रकाश थापा र एपीएफका निकेश श्रेष्ठले पूर्वाञ्चलका गणेश श्रेष्ठ तथा ८५ केजीमा एपीएफका भुपेन्द्र शाहले आर्मीका रामचन्द्र बराल र प्रहरीका अजय महर्जनले पश्चिमाञ्चलका प्रवेश राना मगरलाई हराउदै फाइनलमा स्थान बनाए । राउन्ड रोविन लिगको पुरुष ९० केजीमा आर्मीका किरण साउदले पूर्वाञ्चलका विनोद निरौलालाई पराजित गरे भने ९० केजीमाथि प्रतिद्वन्द्वी आर्मीका रमेश तामाङ ‘मेडिकल डिस्क्वालिफाइ’ भएपछि पूर्वाञ्चलका सुजन विक विजयी भए । सान्सौंको महिला ४८ केजीमा आर्मीकी सर्मिला राई र पश्चिमाञ्चलकी रेखा बोहरा, ५२ केजीमा सुदूरपश्चिमाञ्चलकी रिता ठकुल्ला र आर्मीकी एलिना चौधरी, ५६ केजीमा आर्मीकी जुनी राई र एपीएफकी निशा विक, ६० केजीमा मध्यपश्चिमाञ्चलकी गोमा आस्रे र आर्मीकी लुमन्ती श्रेष्ठ, ६५ केजीमा पूर्वाञ्चलकी अस्मिता एप्टेन र एपीएफकी मनीषा राउत तथा ७० केजीमा आर्मीकी विन्दु पुन मगर र मध्यपश्चिमाञ्चलकी देवी श्रेष्ठ फाइनलमा पुगेका छन् । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७